सुनको भाउ ९२ हजार २ सय, चाँदी ९८०

सुनको मूल्य सामान्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा दुई सय रुपैयाँ प्रतितोलाले सुनको भाउ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय कायम गरेको छ । बिहीबार तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सय ५ रुपैयाँले घटेको छ । आज तेजाबी सुनको मूल्य ९१ हजार सात सय ६० कायम छ । यस्तै शुक्रबार चाँदीको भाउ भने तोलाको ९ सय ८० रुपैयाँमा स्थिर छ ।

प्रकाशित मिति: : 2020-07-10 11:15:22

प्रतिकृया दिनुहोस्