'सक्नेले कर्जा तिर्नुहोस, नसक्नेले समय पाउनुहुन्छ'- गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाका कारण प्रभावित सबैलाइ बचाउने गरी आउने बताएका छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सक्नेलाई कर्जा तिर्न आग्रह गर्दै नसक्नेका लागि मौद्रिक नीतिले समय दिने समेत उनले आश्वस्त पारे । 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाब संकलन गर्ने क्रममा उनले कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा अर्थतन्त्रको मध्यस्थकर्ता बैंकिङ क्षेत्रलाइ पनि बचाउनु पर्ने उनको तर्क छ । कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले लकडाउन खुकुलो भएसंगै कर्जाको माग पनि वढ्न थालेको बताए ।

“कर्जाको मोराटोरीयम, पुनसंरचना र पुनरतालिकरण सबै गर्न मिल्ने व्यवस्था दिदै मौद्रिक नीति आउछ,” उनले भने,“यस कार्यक्रममा प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायी भन्दा पछाडी रहेका कोरोना प्रभावितलाई वढी ध्यान दिनु पर्ने अवस्था छ ।” उनले कर्जाको ऋण तथा व्याज भुक्तानीको समस्याले तनाव नलिन समेत उद्योगी ब्यवसायीहरुलाई आश्वासन दिएका छन ।

आफुले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि क्षमता अनुसार कर्जा असुलीको दवाब दिन अनुरोध गरेको समेत उनले बताए । लकडाउन खुकुलो भएसंगै असार एक गते देखि कर्जाको रिकभरी समेत बढेको उनले बताए । असारको महिनामा मात्र पनि ४० अर्ब रुपैयाँ बजारको कर्जा प्रबाह भएको बताउदै उनले भने,“असार पछि तिरीने कर्जालाई पनि समय दिएर असार अघिकै रुपमा मिला गराउने व्यवस्था समेत गरिनेछ ।”

प्राविधिक कारणले मौद्रिक नीति आउन साउनको पहिलो सातासम्मको समय लाग्ने भएको हो । अहिलेको अवस्था आर्थिक गतीविधि वढेको समेत उनले बताए । अर्थतन्त्रमा सुधार संकेतहरु आइसकेको समेत उनको बुझाई छ ।

प्रकाशित मिति: : 2020-07-10 16:52:39

प्रतिकृया दिनुहोस्