तीन वर्षपछि राजेश रोशन फिल्ममा फर्किदै

चर्चित संगीत निर्देशक राजेश रोशन करिब ३ वर्षपछि बलिउडमा फर्किदै छन्। उनी विवेक ओबरायको निर्माणमा बन्न लागेको डेब्यु फिल्म ‘इति’मार्फत बलिउडमा संगीत इन्डस्ट्रीमा फर्किन लागेका हुन्। 

राजेशले ‘काबिल’ फिल्मपछि संगीत दिएका छैनन्। ‘इति’ को लेखक तथा निर्देशक विशाल मिश्रा हुन्। गत वर्ष निकै विवादमा रहेकी प्रेरणा वी अरोरा यही फिल्ममार्फत फर्किदै छिन्। 

विवेकको टिमसँग काम गरेपछि राजेश रोशनले भने, ‘यति मिहिनेती तथा उत्साही टिमसँग जोडिन पाउँदा खुसी लागेको छ।’

राजेशले ‘काबिल’, ‘कृष’, ‘कोई मिल गया’, ‘कहो न प्यार है’ जस्तो फिल्ममा संगीत दिएका थिए। आउँदो फिल्म २०२१ को मार्चमा रिलिज हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2020-07-11 11:34:53

प्रतिकृया दिनुहोस्