विपद्काे बेला अधिक सतर्ककताका साथ काम गर्न सरकारलाई देउवाकाे आग्रह

विपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईदेखि पहाडसम्म बर्खामा विपद्का घटना हुने भएकाले अधिक सतर्ककताका साथ काम गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा सरोकारवालासँग बाढी, पहिरो पीडितहरूको उद्धारबारे छलफल गर्दै उनले उक्त आग्रह गरेका हुन्।

उनले कुनै पनि अवस्थामा उद्धार तथा राहतको प्रयासमा स्रोतको कमी हुने अवस्था सिर्जना नगर्न तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।  उद्धार, राहत तथा जोखिम न्यूनिकरणको प्रयासमा आफूहरुको पूर्ण साथ रहने  उनले बताए। 

गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका थिए। बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु,३६ जना बेपत्ता र २६ जना घाइते छन्।

प्रकाशित मिति: : 2020-07-11 14:09:54

प्रतिकृया दिनुहोस्