समयको सदुपयोग

समय स्वयं बहुमुल्य, समय कल्पतरू दिव्य।

सदा समयलाई मान्नु कामधेनु सरि पज्य।।

मानव जीवन सिमित अनि कल्प हो तर बाधा र कठिनाईहरू असिम छन्।  गर्नुपर्ने काम असंख्य भए पनि समय थोरै छ।

मित्र धेरै छन् तर सहयोगीहरू औंलामा गन्न सकिन्छ।  मनुष्यको  क्षमता असिमित छन्, अझै पनि कति आश्चर्यका कुरा छन् कि, दिन-रात निद्रा-मनोरञ्जन्, हाँसी-मजाक, आलस्य-प्रमाद र कुकर्ममा लीन भएका ब्यक्तिले आफ्नो यो बहुमुल्य जीवन ब्यर्थै गुमाउँछन्।

यस्ता ब्यक्ति पनि कति छन् जो यसको एक-एक पलको हिसाब-किताब राख्छन् अनि समयको एक-एक पलको सदुपयोग गरेर अधिकतम लाभ उठाउने प्रयास गर्छन्। यद्यपी समयको महत्व बुझ्ने व्यक्तिहरू थोरै मात्रामा छन्। तर समयको सदुपयोगी जनले नै समयमा शासन गर्छन्, यीनै ब्यक्ति देश र जातिको प्रगतिदूत बन्छन्।

यीनै ब्यक्ति युग प्रवर्तक कहलाउँछन्, यीनै राष्ट्रको नेतृत्व गर्छन्, यीनै समयमा आफ्नो दिब्य चरणका कीर्ति चिन्ह अङ्कित गर्न सक्षम हुन्छन् र सफलतासँगै उपलब्धि हातमा लिएर आफू अनि आफ्ना माता-पिताको नाम अमर बनाउँदै इतिहासको निर्माता बन्छन्।

कुनै चित्रकारले एक पटक एउटा चित्र बनाएर प्रदर्शनीमा राखेका थिए। त्यो चित्र एक ब्यक्तिको थियो जसको अनुहार लामो कपालले छोपेको थियो अनि दुबै पाउमा पंक्षीका झैँ पखेटा थिए। यस् चित्रलाई हेर्नासाथ सबै दर्सकले कौतुहलमा सोध्दथे- चित्रकारले त्यो कसको चित्र बनाएका हुन्? यस चित्रद्वारा चित्रकारले कुन भाव प्रदर्शन गराउन चाहन्छन्? त्यहीँ छेउमा उभिरहेका चित्रकारले भने, ‘सुन्नुहोस्! यो चित्र समय अनि अवसरको हो। यो एक पटक सबैको जीवनमा आउँछ, सबैको द्वारमा आएर आवाज दिन्छ, ढोका ढकढक्याउछ! तर यसको अनुहार यस लामो कपालले ढाकेको कारण यसलाई मानिसले झट्टै चिन्दैनन्। समयले यो हेर्छ कि जतिखेर ऊ द्वारमा आइदिएको हुन्छ, घरैमा आइदिँदा पनि उसलाई यथोचित मान, आदर पाएन र उसको स्वागत भएन भने तुरून्त यी दुबै पाउमा भएका द्रूतगामी पखेटाले उडेर जान्छ। यसको ब्याख्या यही हो।’

साच्चै समयको दिब्य रथ हर कसैको द्वारमा आउँछ। तर कसैले निद्रामा, कसैले आलस्यमा रहेर यसको ढकढक्याइलाई सुन्दैनन्। कति प्राय चाहिँ तुरुन्तै उठेर स्वागत गर्छन्, उसलाई चिनेर उसको भनाइलाई स्वीकार्छन्। समयले  यस्तै सौभाग्यशालीको झोलीमा वरदानको पुष्प भरिदिएर जान्छ, तर जो अज्ञानीले यसलाई चिन्न सक्दैन निद्रामा घुर्दै सुतिरहन्छ समयको रथ चक्रले उनीहरुलाई  छोडेर अगाडि बढ्छ।

प्रकाशित मिति: : 2020-07-11 22:12:26

प्रतिकृया दिनुहोस्