मान्छे

दीपक पन्थ

मणिपुर भारत

संस्कार , संस्कृति र साहित्यलाई माया गर्ने पो मान्छे ।
मेरो देश मेरो जन्मभूमि भन्दै इनकै लागि मर्ने पो मान्छे ।

आफ्नै स्वार्थ पुरा गर्न कसले के पो गर्दैन र ?
परोपकारकै लागि गौ झै, रनवन चर्ने पो मान्छे ।

जिन्दगीमा के पो हुन्छ भन्दै मौन बस्नु भन्दा ।
मरिमेट्तै सभक्तिमा संसारमा यश छर्ने पो मान्छे ।

खोसेर लिन सक्नु पर्छ अधिकार त्यसै कहाँ पाइन्छ र ?
स्व अधिकारकै लागि सबै संग लर्ने पो मान्छे ।

बिना ख्यालै आफ्नो तनको, अहर्निश कर्म गर्दै ।
सगरमाथामा विजय पताका फराएर झर्ने पो मान्छे ।

दिन गन्दै भोली-भोली  भन्दै बस्नु भन्दा पनि ।
प्रगति पथमा निरन्तर अघि सर्ने पो मान्छे ।

आफ्नो दुःखमा भन्दा पनि कसैको सुखमा दुख्नु भन्दा ।
सबैको मन मस्तिष्कमा खुशीहाली भर्ने पो मान्छे ।

कृष्णपक्षको अन्धकारलाई जसो-तसो चिरेरनै ।
दीपक बनी संसारको तम हाँसी-हाँसी हर्ने पो मान्छे ।

प्रकाशित मिति: : 2020-07-11 23:23:59

प्रतिकृया दिनुहोस्