एउटै खुट्टामा सगरमाथा चढ्ने अरुणिमाको ‘बायोपिक’ बाट आलिया बाहिरिन्

एउटै खुट्टाको सहयोगले सगरमाथा आरोहण गर्ने अरुणिमा सिन्हाको जीवनीमा आधारित फिल्मबाट आलिया भट्टले आफ्नो नाम फिर्ता लिएकी छिन्।

यसै वर्षदेखि सुरु हुने यो फिल्मलाई करन जौहरले निर्देशन गर्दैथिए। तर, पहिले लकडाउन, त्यसपछि सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणले फिल्मको सुटिङमा नराम्रो प्रभाव परेको थियो। 

सुशान्तको निधनपछि आलिया र करनमाथि परिवारवादको आरोप लागेको छ। सुशान्तलाई आत्महत्या गर्न मानसिक दबाव दिने कलाकारमा यी दुईको नाम बाहिरिएपछि दुबैले सोशल मिडिया प्रयोगलाई बन्द गरेका थिए। 

आलियाले फिल्मबाट आफ्नो नाम फिर्ता लिएपछि उनको स्थानमा जान्हवी कपुर र सारा अली खानमध्ये एक जनालाई लिन करन जौहर तातिएका थिए। 

तर, अरुणिमा सिन्हाले आलिया भट्टपछि आफ्नो दोस्रो छनोट कंगना रनोट भएको भन्दै करनको प्रस्ताव अस्विकार गरेको बताइएको छ। 

करनले पनि आलियालाई फिल्मको प्रोजेक्टमा फिर्ता बोलाउन तीन महिनाको समय माग गरेका छन्।
 

प्रकाशित मिति: : 2020-07-12 11:51:47

प्रतिकृया दिनुहोस्