पहिरोले विस्थापितको बिजोग

राजेन्द्र कार्की

पहिरोले विस्थापित दानबहादुर नेपाली आइतबार दिनभर हेलिकप्टरको प्रतीक्षामा रहे। बारेकोट गाउँपालिका–४ मैनाका नेपाली हेलिकप्टरले खानेकुरा बोकेर ल्याउने आसमा थिए। तर, खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसकेपछि उनको पेट भर्ने धोको अधुरै रह्यो।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहित जिल्लाका सांसद राहत सामग्री लिएर आउने हल्ला शनिबारदेखि चलेको थियो। विस्थापितहरू राहत पाउने आसमा थिए। तर, खराब मौसमका कारण गोठगाउँ पुगिसकेको हेलिकप्टर त्यहाँ अवतरण हुन नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीस्थित मकै बारीमा बस्नु परेको थियो। खाद्यान्न र गैर—खाद्यसामग्री त्यही छोडेर विस्थापितसम्म नपुगी मन्त्रीसहितको टोली फर्किएको छ।

नेपालीको ६ जनाको परिवार पहिरोको त्रासले घर छाडेर स्थानीय एक विद्यालयमा बसिरहेको छ। तर, उनीसँग खाने अन्न छैन। ‘न ओढ्ने कपडा छ न त खाने गाँस नै’, उनले भने। अन्न र कपडा नहुँदा धेरै विस्थापित परिवारको बिचल्ली भएको छ।

प्रकाशित मिति: : 2020-07-13 08:33:52

प्रतिकृया दिनुहोस्