१४ वर्षअघि काठमाडौंमा दम्पतीको हत्या गरि फरार व्यक्ति भारतको सीमा क्षेत्रबाट पक्राउ

काठमाडौंको सितापाईलामा १४ वर्ष अघि भएको दम्पती हत्याका अभियुक्त पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले हत्या अभियोगमा  सर्लाहीका जेके भन्ने जयकिशोर शाहलाई पक्राउ गरेको हो। शाहले २०६३ साल पुस २० गते कान्तिपुर मिलका सञ्चालक मोरङका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई धारिलो हतियार प्रहार हत्या गरेका थिए। 

शाह सुवेदीकै मिलमा काम गर्दै आएका थिए। काम गर्ने क्रममा उनीहरु बिच बिवाद हुदा साहुको हत्यागरी साह भारततिर फरार भएका थिए। 

शाहलाई शनिबार नेपालगञ्जमा भारतसँग जोडिएको सिमानाबाट पक्राउ गरेको ब्यूरोका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए। 

पक्राउ परेका शाहलाई आवश्यक अनुसन्धानका लागी महानगरीय प्रहरी बृत्त स्वयम्भुमा बुझाउने तयारी भइरहेको डीआईजी थापाले जनाए। 

सामान्य विवादमा कामदार जयकिशोर र बाँकेका प्रताप रानाले दम्पत्तिको हत्याको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्यापछि भारत भासिएका शाहले भारतमै जय शर्माको नामबाट भारतीय आधारकाड लिएर पहिचान बदली बस्दै आएका थिए।

प्रकाशित मिति: : 2020-07-13 13:46:41

प्रतिकृया दिनुहोस्