स्वयम्भूलाई एक फन्को लगाउँदै सुरु भएको त्यो यात्रा...

पहिलोपोष्ट

काठमाडौँ

मुकुन्द घिमिरे

अप्ठेरो बाटोलाई आफू अनुकुल बनाउन उनलाई मज्जा लाग्छ। साइकलका दुई पांग्रालाई चलायमान बनाउँदै सफर गर्न मन लाग्छ। त्यसैले बिहानै साइकल लिएर उनी अभ्यासकै लागि काठमाडौंका डाँडाकाँडा चहार्छन्। गोरेटो बाटो होस् कि कच्ची, लक्ष्मण मल्लको साइकललाई एउटै सपनाले 'ड्राइभ' गरिरहेको हुन्छ - त्यो हो, एसियाली स्तरमा नेपालका लागि पदक जित्ने।

त्यही सपनालाई पछ्याउँदै गत वर्षको मंसिरमा नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) मा मल्लले प्रतिस्पर्धा गरे। उक्त प्रतियोगितामा नेपालले ५१ स्वर्ण सहित २०७ पदक पोल्टामा पार्दा दुवाथोलनका खेलाडी लक्ष्मण मल्लले नेपाललाई रजत पदक दिलाए।

पोखरामा भएको दुवाथोलनको प्रतियोगितामा मल्ल ‘बिहाइन्ड द सिन’ नै देखिए।

उक्त प्रतिस्पर्धामा पहिलो बने नेपालकै हिमाल टमाटा। सागभन्दा अघि भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मल्ल पहिलो भएका थिए अनि टमाटा दोस्रो। यसमा मल्ललाई कुनै दु:ख छैन। कारण स्वर्ण नेपालले नै जित्यो। तर, व्यक्तिगत हिसाबले भने अझै राम्रो गर्न सक्ने कुरा उनको मनमा खेली नै रह्यो।

सागका लागि उनले नयाँ साइकल चढ्ने तयारी गरेका थिए। तर, साग सकिएको चार महिनापछिमात्रै त्यो रहर पूरा भयो।

सागको समयमा भने उनलाई ट्रायथलन संघले एउटा पुरानो साइकल दिएको थियो। त्यही पुरानो साइकलको प्याडल दबाउँदै उनी अन्तर्राष्ट्रिय पदक जित्ने बाटोमा भिडेका थिए।

प्रकाशित मिति: : 2020-07-13 14:47:40

प्रतिकृया दिनुहोस्