‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
डा. प्रदीप भट्टराई
अमेरिकामा मध्यावधि निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा सानो बहुमतको सम्भावना लिएर रिपब्लिकन पार्टी अगाडि बढिरहेको छ भने सिनेटमा त्यतिकै पातलो भए पनि आफ्नो बहुमत कायमै राख्ने डेमोक्रेटिक पार्टीको आशा पनि जीवितै छ ।
४३५ सदस्यीय कंग्रेसमा बहुमतका लागि २१८ स्थान चाहिन्छ । अहिलेसम्म रिपब्लिकनका लागि २०३ र डमोक्रेट्सका लागि १८७ स्थानमा जीत प्रक्षेपण गरिएको छ । यो जीतमा डेमोक्रे्सले ४ स्थान र रिपब्लिकनले ११ स्थान एक अर्को पार्टीबाट आफ्नो पक्षमा ल्याएका छन् । अझै तीब्र प्रतिस्पर्धा रहेका ४५ स्थान अनिर्णित छन् । तर, यी स्थानमा उम्मेद्वारहरूले कायम राखेको पछिल्लो अग्रता कायमै रहेका रिपब्लिकनले २२२ र डमोक्रेट्सले २१३ स्थान जित्ने देखिन्छ । यस अर्थमा रिपब्लिकन पार्टी ४ मतको झस्नो बहुमतका साथ क्यापिटल हिलमा फर्कने देखिन्छ ।
यसैगरी, कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट्स ४८ र रिपब्लिकन ४९ स्थानमा विजयी हुने प्रक्षेपण गरिसकिएको छ । यो प्रक्षेपणमा बहुचर्चिच पेन्सेल्भेनिया राज्यको ओपन सिनेट सिट पनि रहेको छ । रिपब्लिकन प्याट टमीले अवकाश लिएर ओपन सिट भएको यो स्थानमा डेमोक्रेट्स जोज फ्याटरम्यान विजयी हुने प्रक्षेपण छ । डेमोक्रेटसलाई सिनेटमा बहुमत जोगाउने यो महत्वपूर्ण 'फ्लिप' हो । यस्तो' फ्लिप' को सुअवसर रिपब्लिकन पार्टीलाई मिलेको छैन ।
१०० सदस्यीय सिनेटमा ९७ स्थानको परिणाम प्रक्षेपण गरिसकिएको छ । अब, सबैको ध्यान जोर्जिया, नेभादा र एरिजोनाको तीन स्थानमा अडिएको छ । मतगणना जारी रहेका तीनै स्थानमा अहिले डेमोक्रेट्स सिनेटर छन् । यी तिनैजनामध्ये कुनै दुईले मात्र पनि आफ्नो स्थान जोगाए डेमोक्रेट्स अहिलेको जस्तै ५०को आधा स्थानमा पुग्नेछ र सिनेटको पदेन अध्यक्ष उपराष्ट्रपति हुने भएकाले डेमोक्रेट्सकै सिनेटमा प्राविधिक बहुमत हुने छ । तर, तीनमध्ये दुईमा पराजीत भए ५१ स्थानका साथ रिपब्लिकन बहुमतमा पुग्नेछन् ।
मतगणना जारी रहेका यी तीन स्थानमध्ये एरिजोना र जर्जियामा डेमोक्रेट्स र नेभादामा रिपब्लिकन उम्मेद्वार अगाडि रहेका छन् । एरिजोना र नेभादामा यही चरणमा परिणाम आउने भए पनि तीन उम्मेद्वार रहेको जर्जियामा कसैको पनि ५० प्रतिशत मत नकटे पहिलो मत ल्याउने दुईबीच डिसेम्बरमा दोस्रो चरणको मतदान हुन्छ । त्यसैको परिणामले अमेरिकी सिनेट कस्को पक्षमा जाने निर्णय गर्छ ।
अहिलेसम्मको आँकलनमा कम्तीमा पनि सिनेटमा डेमोक्रेट्सको अहिलेकै जस्तो प्राविधिक बहुमत हुने देखिन्छ भने हाउस अफ रिप्रेजेन्टेटिब्समा रिपब्लिकनको झिनो बहुमत हुने देखिन्छ । यसको अर्थ, अहिले हाउस अफ रिप्रेजेन्टेटिब्समा पातलो बहुमतमा रहेको डेमोक्रेट्सले आफ्नो बहुमत गुमाउनु हो ।
यस कोणबाट हेर्दा यसपटकको मध्यावधि निर्वाचनमा राष्ट्रपति जो बाइडनको विपक्षमा जनमत गएको देखिन्छ । तर, खासगरी दक्षिणपन्थी राजनीतिक पण्डितहरूले अमेरिकामा रातो लहर आएर बाइडनलाई लज्जास्पद हार दिन्छ भनेर गरेको प्रक्षेपणचाँहि पूरा भएन ।
वास्तवमै भन्ने हो भने यसपटक बढ्दो मुद्रास्फिति र महंगीका कारण अमेरिकी जनता बाइडन र उनको पार्टी डेमोक्रेट्ससँग रिसाएकै थिए तर पनि उनीहरूले त्यसको तातो रिस मतपत्रमा भने यथेष्ठ मात्रामा देखाएनन् ।
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया