वीरगञ्जमा २ युवतीसहित थप ३ जनामा काेराेना संक्रमण

वीरगञ्जमा शुक्रबार २ युवतीसहित थप ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । 

पर्साको सखुवा पर्साैनीगाउँपालीका ५ बलुवाकि २२ वर्षिय एक युवति, वीरगञ्जको श्रीपुर निवासी १८ वर्षिय एक युवति र काठमाडौं घर भइ हाल वीरगञ्जमा कार्यरत एक ४५ वर्षका पुरूषमा कारोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए । उनीहरु सबैको अषाढ ३१ गते स्वाव संकलन गरिएको मेसु उपाध्यायले बताए ।

तीनै जनालाई अहिले वीरगञ्जको गण्डकस्थित कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको मेसु उपाध्यायले बताए। 

पछिल्लो समय वीरगञ्जमा लक्षणसहितका संक्रमितहरू देखा पर्न थालेका छन्। केहि दिन अघि अरू कुनै स्वास्थ्य समस्या नभएका व्यक्तिमा कोरोनाका लक्षण देखिएसँगै आइसियूमा राखेर उपचार गर्दा मृत्युसमेत भएकोले कोराना भाइरस पहिलेभन्दा शक्तिशाली भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको भनाइ रहेको छ । 

उनले अहिलेको अवस्थामा भिडभाडमा नजान, स्वास्थ्य सुरक्षाका सबै शर्तकता तथा मापदण्डहरूको अनिवार्य रूपमा पालना गर्न सबै नगरवासीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-07-17 10:10:41

प्रतिकृया दिनुहोस्