प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले शपथ लिँदै

कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिने भएकी छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार २ बजे ज्वारचनलाई सांसदको सपथ दिलाउने कार्यक्रम तय भएको छ।

सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि कांग्रेको तर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो। छन्त्यालले बाग्लुङबाट प्रतितिनिधित्व गरेकी थिइन्।

छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उनको पछि नाम रहेकी ज्वारचन सांसद बन्न लागेकी हुन्। ज्वारचनको घर गुल्मी हो।

प्रकाशित मिति: : 2020-07-19 13:54:42

प्रतिकृया दिनुहोस्