प्रधानमन्त्रीलाई दुवै पद छाड्नुस् भन्दा अतिवाद हुन्छ : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

वीरेन्द्र ओली

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत बहुमत सचिवालय सदस्यसहित स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि विवाद सुरु भएको छ। ओलीले दुवै पदबाट मात्रै नभई एक पदबाट समेत राजीनामा नदिने अडान कायमै राखेका छन्। अर्को पक्षले भने कम्तीमा एक पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन्। दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि स्थायी कमिटी बैठक आठौं पटकसम्म स्थगित भइसकेको छ। पार्टीमा सहमति गराउन दोस्रो र तेस्रो तहका नेताहरु निक्कै सक्रिय छन्। तर, अझैसम्म विवादको निरुपणको मिलनबिन्दु भेटिएको छैन। यसै सन्दर्भमा केन्द्रित भई स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः

नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहुपक्षीय छलफल जारी छ। यसरी बैठक स्थगित गरेर कहिलेसम्म संवाद जारी राख्ने हो?
यसको कुनै पात्रो छैन। कुनै तिथिमिति र पात्रो हामीले बनाएका छैनौं। कुनै नियमावलीमा यसरी छलफल गरेर यहाँ पुर्‍याउने भन्ने सूत्र छैन। जतिबेलासम्म सहमति जुट्दैन, त्यतिबेलासम्म वार्ता जारी रहन्छ। र, रहनु पर्छ। हाम्रो कुरा मिलेन भनेर आ–आफ्नो बाटो लाग्ने स्थिति छैन। देशको अहिलेको अवस्था, कार्यकर्ता र जनताको चाहना र मतदाताको चहनाले आ–आफ्नो बाटो हिँडौं भन्ने स्थिति छैन। त्यसकारण वार्ता, सहमति र संवादको अधिकतम प्रयत्न गरेर निकास निकाल्नुको विकल्प छैन। विकल्प नभएरै उहाँहरु छलफल गरिरहनु भएको छ। 

प्रकाशित मिति: : 2020-07-20 16:37:29

प्रतिकृया दिनुहोस्