सागका स्वर्ण विजेता गोपीचन्द्रसहित २१ खेलाडीको बढुवा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीसहित २१ शसस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी बढुवा भएका छन् ।

नियमित प्रक्रिया अनुसार सबै २१ जना खेलाडी शसस्त्र जवानबाट सहायक हवलदारमा बढुवा भएको एपिएफका इन्स्पेक्टर विजय केसीले जानकारी दिए ।

गोपीचन्द्रसहित सागमा कास्य पदक जित्ने फेन्सिङका ज्ञानेन्द्र तिमिल्सना र सहभागी एथलेटिक्सकी फुलमती राना छिन् । त्यस्तै सागमा रेफ्रीको भूमिका निर्वाह गर्ने सहदेव श्रेष्ठ र मेरिना धामी पनि बढुवा भएका हुन् । शसस्त्र प्रहरी उपरिक्षक तुलसीराम दहालले उनीहरुर्लाइ बुधबार दर्जान्ही चिन्ह प्रदान गरेका थिए ।

बुधबार दर्जान्ही चिन्ह लिने खेलाडीमा गोपी, मेरिना, ज्ञानेन्द्र, फुलमतीसहित बक्सिङकी सरस्वती राना, कबड्डी गमला तचाम र देवा घले उपस्थित थिए । बाँकी खेलाडी भने जिम्मेवारी निर्वाहका क्रममा उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसकेको इन्स्पेक्टर केसीले जानकारी दिए । गोपीले गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति: : 2020-07-22 23:18:16

प्रतिकृया दिनुहोस्