सरकारले राम्रो गरेको छ तर जिम्मेवारी सकिएको छैन-डब्लूएचओका नेपाल प्रतिनिधि डा.जोस भ्यान्डेलर

गोरखापत्र

काठमाडौं

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लगाएको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा कायम रहेकाले सचेत रहन सबैमा आह्वान पनि गरेको छ । कोरोनाविरुद्धको लडाइँमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाल सरकारलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ । कोरोनाविरुद्ध नेपाल सरकारले गरेको कार्य प्रभावकारी रहेको निष्कर्ष डब्लूएचओका नेपाल प्रतिनिधि डा.जोस भ्यान्डेलरको छ । कोरोना महामारी र नेपालले यसविरुद्ध चालेका कदमलगायतका विषयमा गोरखापत्रका लागि गोपाल खनाल र श्रीओम श्रेष्ठले उहाँसँग लिनुभएको अन्तर्वार्ता :


 कोभिड–१९ को रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल सरकारलाई गरिरहेको सहयोग र सहकार्यबारेमा बताइदिनुहुन्थ्यो कि ?

नेपाल विश्व स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्रसङ्घको एक नियोगका रूपमा हामी विगत ६० वर्षदेखि नेपाल सरकारसँग सहकार्य गरिरहेका छौँ । विशेषतः हामी सरकार त्यसमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग काम गर्छौँ । महामारी बढ्न थाल्नेबित्तिकै नेपालले बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय ग¥यो । त्यस अवधिमा हामीले यहाँ कार्यरत हाम्रा कर्मचारीहरूलाई नयाँ प्रस्ताव ग¥यौँ । अहिले सबैजना कोभिडसँग जुध्न सरकार सँगसँगै गरिरहेका छौँ ।
हामीले सरकारसँग वृहत्तर क्षेत्रमा काम ग¥यौँ । एक शब्दमा भन्ने हो भने हामीले प्राविधिक सहयोग (टेक्निकल सपोर्ट) ग¥यौँ । प्राविधिक सहयोग थुप्रै क्षेत्रमा रहेको छ, जस्तो कि यस्तो बेला कुन–कुन सामग्रीहरू आवश्यक पर्छ भनेर पूर्वानुमान गर्न सहयोग ग¥यौँ, हामीसँग भएका समग्र महामारीको तथ्याङ्क विश्लेषण गर्न तथा यो कतातिर उन्मुख हुँदै छ भन्ने पत्ता लगाउन सहयोग ग¥यौँ । हामीले गाइडलाइन लेख्ने, हस्पिटलहरूलाई तयारी अवस्थामा राख्ने, तालिम दिने र सूचना प्रवाह गर्ने प्रक्रियामा पनि सहयोग ग¥यौँ । यी सबै क्षेत्रमा हामीले काम ग¥यौँ तर यी सबै सरकारले चालेको कदममा हाम्रो सहयोगमात्र हो ।

प्रकाशित मिति: : 2020-07-23 08:26:33

प्रतिकृया दिनुहोस्