वीरगञ्जमा कोरोना संक्रमणबाट ८५ वर्षीया महिलाकाे मृत्यु

वीरगञ्ज महानगरपालिकामा एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। 

गण्डक अस्थाइ कोभिड अस्पतालका संयोजक डा‍. उदयनारायण सिंहका अनुसार उपचारको क्रममा वीरगञ्ज महानगरपालिका ११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको भएको हो।

उनको बुधबार परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनमा यसअघि मुटुको समस्या रहेको र स्वास्प्रश्वासमा समस्या रहेको डा‍. सिंहले जानकारी दिए।

‘मुटुको समस्या देखिएपछि केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन्। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो।’ उनले भने।

प्रकाशित मिति: : 2020-07-24 14:07:28

प्रतिकृया दिनुहोस्