वीरगञ्जमा समुदाय स्तरमै फैलिएकाे पाइयाे काेराेना भाइरस, अनिश्चितकालीन निषेधाज्ञा

वीरगञ्जमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएकाे पाइएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

शुक्रबार बसेको जिल्ला प्रशासन कार्यालय पर्साको आकस्मिक बैठकले शनिबारदेखि अर्काे आदेश नभएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

शुक्रबार वीरगञ्ज महानगरपालिका ११ की ८५ वर्षीया वृद्धाको काेराेना संक्रमणबाट मृत्यु भएको छ।

उनको बुधबार परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनमा यसअघि मुटुको समस्या रहेको र स्वास्प्रश्वासमा समस्या रहेकोगण्डक अस्थाइ कोभिड अस्पतालका संयोजक डा‍. उदयनारायण सिंहले जानकारी दिए।

यता वीरगञ्जमा ५ थुनुवासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए।

उनीहरुको स्वाब  गत साउन ६ र ७ गतेको संकलन गरिएको थियो। 

उनका अनुसार सर्लाही र बाराका एक एक जना तथा भारतका ५ जना थुनुवामा कोरोना पुष्टि भएको हो। बाँकी संक्रमित पर्साका रहेका छन्।

संक्रमित हुनेमा २५ जना पुरूष र ७ जना महिला छन्। अन्य ५ जना थुनुवा संक्रमित वडा प्रहरी कार्यलय श्रीपुरमा रहेका छन्। 

अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्, भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पीसीआर गराउनेहरू छन्।

संक्रमितलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा लगिएको छ।

यता वडा प्रहरी कार्यलय श्रीपुर पनि सिल गरिएकाे छ।

प्रकाशित मिति: : 2020-07-24 14:34:35

प्रतिकृया दिनुहोस्