फिल्म समीक्षा

परिवारसँग बसेर हेर्न मिल्ने चलचित्र ‘सोल’

चलनचल्तीको भाषामा कार्टून भनिने एनिमेसन सिनेमा बालबालिकाबीच निकै लोकप्रिय छ।

पंक्तिकार बच्चा हुँदा यस्तो सिनेमाको उपलब्धता त्यति थिएन र जति थियो त्यसमा पनि विपन्न वर्गको पहुँच हुने कुरा भएन। 

यस्ता एनिमेसन सिनेमाहरु हाल बच्चाहरुको साथै वयस्क वर्गमा पनि निकै लोकप्रिय छ। 

‘मनसटर्स इङ्क,’ ‘इनसाइड आउट’ र ‘अप’ जस्ता जीवन दर्शनको निकट रहेका सिनेमाहरुका ओस्कार पुरस्कार विजेता निर्देशक पिट डक्टरले ‘सोल’ नामको सिनेमा लिएर आएका छन्। 

बाउछोरा बिचको सम्वादमा धार्मिक गाथा सम्झाउने यो सिनेमा यहुदी र इसाई धर्मको बिचमा भए पनि एकपटक हेर्न लायक छ।

मृत्यु हुनुभन्दा पहिले एक आत्मा त्यो शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ वा उसको अर्को नयाँ जीवन सुरु गर्छ जस्ता प्रसँगलाई हाँस्य रसमा मुछेर प्रस्तुत गरिएको यो सिनेमा सपरिवार बसेर हेर्न सकिन्छ। 

साथै यो सिनेमा सिनेप्रेमीहरुको लागि नयाँ वर्षको उपहार पनि हुन् सक्छ। 

सिनेमाको कथा अनुसार एउटा आत्मा शरीरमा कसरी पस्छ र कसरी बाहिर निस्कन्छ भने देखाइएको छ। 

यसको साथै पार्ट टाइम वाट फुल टाइम म्युजिक टिचर बनेको मान्छेको एउटा कन्सर्टमा गीत गाउन पाए चमत्कार गरिदिन्छु भन्ने अभिलाषा र कुकुरले लखेटेर भाग्दा ढलमा खस्न पुगेर शरीर एकतिर र आत्मा अर्कोतिर भएको कुरा रमाइलोसँग प्रस्तुत गरिएको छ।

सिनेमाको सबैभन्दा ससक्त पक्ष यसको पटकथा र सम्वाद हो। ‘अप’ र ‘इनसाइड आउट’ नामक सिनेमाबाट दुई पटक ओस्कार पुरस्कार जितेका निर्देशक डक्टर कस्तो दर्शकलाई कसरी बाँधेर राख्ने भन्ने कुरामा पोख्त छन्। 

यसै गरि उनले यो सिनेमा मा अब्राहम लिङ्कन देखि मदर टेरेसा सम्म को आत्मा ले यो सँसारमा किन प्रबेस गर्यो भन्ने कुरा रोचक तरिकाले प्रस्तुत गरेका छन्।

यो सिनेमाको सम्पूर्ण एनिमेसन कम्प्युटरको माध्यमबाट गरिएको हो र यसमा कतै पनि कागजमा चित्र कोरेर नबनाएको कारण एनिमेसन अत्यन्तै प्रष्ट छ। 

यसको साथै सिनेमाको ध्वनी र पार्श्वसंगीत पनि निकै उच्च स्तरको छ। पात्रहरुले बोलेको सम्वाद प्रष्ट हुनाले दर्शकहरुलाई थप मनोरन्जन प्राप्त हुन्छ। 

पात्रहरुको आवाजमा गार्डनरको जिम्मी फक्स र २२ को टिना फेको छ, यिनीहरुको सम्वादमा भएको घोच पेचले दर्शकहरुलाई आनन्द दिन्छ।

ट्रेन्ट रेजनर र एटिकस रसको सङ्गीत कर्णप्रिय छ।  सिनेमाको नायक गार्डनर एक गायक भएको कारण पनि सिनेमाको सङ्गीत कर्णप्रिय हुनु जरुरी थियो। 

अन्य पात्रहरुको आवाज क्वेस्ट लब, फेलिसिया रसद, डेबिड डिग्स, एन्जेला बेस्ट आदिले दिएका छन्, जो उत्कृष्ट छ।

एनिमेसन सिनेमामा सिनेमोटोग्राफीको ठूलो महत्व हुन्छ र यो क्षेत्रको जिम्मा लिने म्याट अस्पबरी र इयान मेग्बिनले कुशलता पूर्वक सिनेमा खिचेका छन्। 

सिनेमाको गतिलाई एकै प्रकारको गति दिएर सम्पादक केबिन नल्टिङ्गले सिनेमालाई थप मनोरन्जक बनाइदिएका छन्। 

क्रिसमसको समयमा प्रदर्शन भएको यो सिनेमा पंक्तिकारको दृष्टिमा यो वर्ष कै उत्कृष्ट सिनेमा हो। सिनेमाको मुख्य पात्र २२ (ट्वान्टी टू) आफ्नो एउटै सम्वादले जिन्दगीको मर्म बुझाउन सफल छन्। 

उनले बोल्ने ‘ट्याग लाइन’, ‘डन्ट वरी,’ ‘यु कान्ट क्रस अ सोल हेयर,’ ‘देट्स ह्वाट लाइफ अन अर्थ इज फार’ अर्थात ‘चिन्ता लिनु पर्दैन, यहाँ तिमीले कसैको आत्मालाई कुल्चेर हिँड्न सक्दैनौं, यो आत्मा धर्तीमा जिन्दगीको उदेश्य हो।’

यदी तपाईं हास्यप्रधान सिनेमाको पारखी हो भने यो सिनेमा एकपटक अवश्य हेर्नुहोला, प्रशस्त मनोरन्जन गर्न पाइन्छ।

प्रकाशित मिति: : 2021-01-04 14:33:00

प्रतिकृया दिनुहोस्