संगत र संगति

गाई- गोरुहरू

आफ्नै हाँचमा रमाउँछन्

भैंसी- राँगाहरू

आफ्नै हाँचमा रमाउँछन्

सबै पशु पक्षीहरू

आफ्नै बथान र बगालमा रमाउँछन्

किरा फट्याङ्ग्राहरू पनि

आफ्नै समूहमा रमाउँछन्

मान्छेहरू पनि

आफ्नै हाँच र समूहमा रमाउँछन्

जलचर- नभचर र थलचरहरू सबै

आ- आफ्नै हाँचमा नै रमाउँछन्

किनभने त्यहाँ

आफ्नोपन हुन्छ

आत्मियता हुन्छ

माधुर्यता हुन्छ

 

मान्छेलाई भने

आफ्न‍ो जमातका साथ

असल संगत र संगति चाहिन्छ

असल संगतले

उत्कृष्ट जीवन

खराब संगतले

निकृष्ट जीवनतर्फ डोराउँछ

बेसार समाए

हात पहेंलो

कोइला समाए

हात कालो हुन्छ

गुलाब समाए

श्रीखण्ड समाए

हात सुगन्धित हुन्छ

 

यहाँ जँड्याहाले

जँड्याहाहरूकै जमात

जुवाडेले जुवाडेहरूकै जमात

अफिम्जी ले अफिम्जीहरूके जमात

भक्तले भक्तहरूकै जमात

सन्तले सन्तहरूकै जमात

सज्जनले सज्जनहरूकै जमात र

दुर्जनले दुर्जनहरूकै जमात

खोजेर हिंड्दछन

 

स्वाति नक्षत्रमा

आकाशबाट बर्षेक‍ो जल

सिपिको मुखमा परे ..मोति बन्छ

केराको   सोंप्लामा परे..कपूर बन्छ

सर्पको मुखमा परे...जहर बन्छ

यो हो संगत गुनको फल

अब असल र खराब

 संगतिको चयन

आफै गर्नु हवस

प्रकाशित मिति: : 2020-07-25 13:29:24

प्रतिकृया दिनुहोस्