अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि वीरगञ्ज सुनसान (फाेटाेफिचर)

वीरगञ्जलगायत पर्सा जिल्लामा शनिबार विहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ।

संकट व्यवस्थापन केन्द्र पर्साले शुक्रबारको निर्णयअनुसार कोरोना संक्रमित बढ्दै गएपछि विभिन्न राजनीतिक दलको माग बंमोजिम निषेधाज्ञा जारी गरिएकाे हाे।

निषेधाज्ञा जारी भएसँगै उद्योग व्यापार,पसललगायत सबै बन्द छन्। राजमार्ग तथा भित्री गल्लीहरुमा पनि सवारी नचल्दा सुनसान देखिएकाे छ।

सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको आवतजावत मात्र देखिएको छ।

पर्सामा १० दिन भित्र ८३ जना संक्रमित थपिएपछि निषेधाज्ञा लगाई मास टेस्टिङको बारेमा गृहकार्य भइरहको प्रशासनले जानकारी दिएको छ। 

यस्तो देखियो निषेधाज्ञाको पहिलो दिनको दृश्य

प्रकाशित मिति: : 2020-07-25 13:31:00

प्रतिकृया दिनुहोस्