पर्सामा कोरोना संक्रमितहरुको शव व्यवस्थापनमा स्थानियद्वारा अवराेध

पर्साको भेडाहा खोलामा कोरोना संक्रमितहरुको शव व्यवस्थापन गर्न लागेको भन्दै स्थानिय बासिन्दा प्रदर्शनमा उत्रिएका छन्।

गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत भारत माइती भई वीरगञ्ज २१ बस्ने १७ वर्षीया युवतीको हिजो साँझ मृत्यु भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। 

वीरगञ्ज महानगरपालिका ३१ मा पर्ने भेडाहा खोला छेउमा नेपाली सेनाले उनीहरुकाे शव व्यवस्थान गर्न खाेजेपछि  स्थानिय बासिन्दाहरु प्रदर्शनमा उत्रिका हुन्। 

निषेधाज्ञाको अवज्ञा गर्दै स्थानिय बासिन्दाहरु  यसअघि समेत २ वटा शव सोही स्थानमा व्यवस्थापन भएको भन्दै आफ्नो क्षेत्रमा कोरोना संक्रमितहरुको लाश व्यवस्थापन गर्न पाईदैन भन्दै प्रहरी प्रशासन, सेनाको विरोधमा प्रदर्शनमा गरेका हुन् । 

प्रदर्शनमा वीरगञ्ज महागनरपालिका वडा नम्बर ३१ मा पर्ने बेल्वा, सोलखपुर, मिलन चोक सहित पर्सागढी नगरपालिकाका स्थानिय बासिन्दाहरु समेत प्रदर्शनमा उत्रिएका छन्। 

यता महानगरको वडा नं. ३२ लाल पर्साका स्थानीयहरु सो सडकबाट आवत जावत गर्ने मोटरसाइकल बाहेक अन्य सवारीसाधनमा रोक लगाएका छन्।

स्थानीयका अनुसार शवको व्यवस्थापन अन्यत्र गर्ने निर्णय नगरेसम्म सडकबाट कुनै सवारी साधन तथा एम्बुलेन्स समेत जान नदिने भन्दै विरोध गरिरहेको छन्। 

साथै वडा नं. ३२ का स्थानीयहरुले महानगरका मेयर विजय सरावगी, सांसद प्रदिप यादव लगायतका शव व्यवस्थापनका लागि भोडाहा खोला छेउमा सहमति जनाएका सबै स्थानीय नेताहरुको विरोधमा प्रदर्शन गरिरहेको छन्। 
 
वीरगञ्ज महानगरमा पछिल्लो ३ दिनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने ५० जना संक्रमित भेटिएका छन्। गत मंगलबार आइसोलेसनमै ज्यान गुमाएकी माइस्थानका ७० वर्षीय बृद्धमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-07-25 17:08:36

प्रतिकृया दिनुहोस्