आरडीटी जाँचमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका व्यवसायीको मृत्यु

वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९)बाट एक वृद्ध व्यवसायीको मृत्यु भएको छ।

नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगर घर भएका ६५ वर्षीय वृद्धको आइतबार बिहान साढे ६ बजे मृत्यु भएको हो।

शनिवार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आरडीटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार राती साढे ७ बजे भर्ना गरिएको थियो।

मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई गण्डक अस्पतालको ईमर्जेन्सी वार्डमै रहेको भेन्टिलेटर राखिएको थियो।

उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो। र आज पीसीआर रिर्पोट आउने डा निरज सिहले बताए।

उनी भारतबाट आएर वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए।

कारोना रोगको सक्रमण पर्सामा समुदाय स्तरमानै बढन थालेपछि शनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ।

वीरगञ्जको नारायणी अस्पतालको अस्थाइ रुपमा ५० शैया क्षमता भएको कोभिड गण्डक अस्पतालमा शनिबार रातीसम्म ५३ जनालाई भर्ना गरि सकिएको डा.सिहले बताए। 

वीरगञ्ज महानगरपालिका र पर्साका गाउँपालिकामा गरिएको पीसीआर परिक्षणमा पोजेटीभ देखिएका २८ जनालाई दुई दिनदेखि घरमै आइसोलेट गरिएको र बैकल्पिक व्यवस्थापन बारेमा छलफल भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-07-26 10:55:17

प्रतिकृया दिनुहोस्