वीरगञ्जमा समुदायस्तरमै फैलियाे काेराेना, परीक्षणमा तिव्रता

देशको प्रमुख आर्थिक तथा व्यापारी केन्द्र वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि अनिश्चितकालिन रुपमा घोषणा गरिएको निषेधाज्ञासँगै आइतबारदेखि परीक्षणलाई समेत तिव्रता दिइएको छ । 

पहिलो दिन नारायणी अस्पताल वीरगञ्जमा कन्ट्रयाक्ट ट्रेसिङ्गको आधारमा संक्रमितका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ।

यता माईस्थानमा स्थानिय प्रशासनले र रानीघाटस्थित रेल्वे स्कूलमा वीरगञ्ज महानगरपालिकाले छुट्टाछुटै शिविर खडा गरी पिसिआर परीक्षणका लागि स्याब संकलन गरेका छन् । 

माईस्थानमा स्थानिय प्रहरी प्रशासनले सञ्चालन गरेको शिविरमा आज अपरान्हसम्म २ सय १० जनाले पिसिआर परीक्षणका लागि स्वाबका नमुना दिएका छन भने अन्य स्थानमा पनि तिव्र रुपमा स्वाब संकलन भइ रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-26 20:34:46

प्रतिकृया दिनुहोस्