अवसरबीच भारतबाट अर्घेल्याइँ

नेपाल र भारतको सम्बन्धमा अनेक आयाम र मोड छन् । दुई देशबीचको सम्बन्ध बहुआयामिक छ । यस्तो सम्बन्ध कुनै पार्टी, नेता वा कुनै व्यक्तिले बनाएको भन्दा पनि संस्कृति, सभ्यता, इतिहास धर्म, परम्पराको सम्बन्ध हो । हाम्रो सम्बन्ध खुला सिमाना, परिवेश, धर्म संस्कृति परम्परा, व्यक्ति व्यक्तिको स्पन्दनमा जोडिएको छ । जहाँ प्रगाढ सम्बन्ध हुन्छ, त्यहाँ कहिलेकाहीँ तनाव हुन्छ । हाम्रै घरपरिवारमा पनि कहिलेकाहीँ तनाव हुन्छ । त्यो स्वाभाविक हो ।
भारत र नेपालबीच निकै उतारचढावको सम्बन्ध छ । सीमा विवाद, पानी, बाढी, डुबान, कटान, भूक्षय जस्ता कुरामा प्रबन्ध गर्न नसक्दा दुवैतर्फ क्षति भइरहेको छ । हामी आपसमा दोषारोपणमा छौँ – ब्रेन गेमजस्तै ।
भारत र नेपाल मिलेर चुरेबाट नै संरक्षण गर्दै भारतीय सीमासम्म लैजाने हो भने आज अभिशाप भएका नदी भोलि दुवै देशलाई वरदान हुन्छ । व्यापार घाटाको समस्या छ, जो दुवै देश मिले मात्र सहज हुन्छ ।
अनेक ‘कनेक्टिभिटी’को कुरा अरू महìवपूर्ण छ । पानीकै कुरा गरौँ । नेपालमा ठूला ठूला जलस्रोत आयोजनाबाट ऊर्जा उत्पादन गरी दुवै देशलाई लाभ दिन सकिन्छ । नेपालमा उत्पादित ऊर्जा विद्युत् भारतसँगको सहजीकरणबेगर ‘पावर सेट’ गर्न सक्दैनौँ । हामीलाई बढी हुँदा भारतमा घटी हुन्छ । नेपालमा कम हुँदा भारतबाट ल्याएर काम चलाउन सक्छौँ । नेपालमा उत्पादित विद्युत् भारतमा वा भारत हुँदै बङ्गलादेशसम्म पु¥याउँदा सहज हुनेछ । नेपालमा उत्पादित वस्तु भारतीय ठूला बजारमा पु¥याउन सकिन्छ । दुई देशबीचको प्रगाढ सम्बन्धबाट यी सब गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा खानेपानी निकै महìवको विषय हो । भारत र नेपाल िमलेर ठूला प्रोजेक्ट गर्न सके खानेपानी समस्या, ऊर्जा उत्पादन, बाढी, डुबान, भूक्षय समाधान गर्न सकिन्छ । प्रबन्धन नगर्दा नेपालको पनि भविष्य छैन, भारतको पनि उत्तर प्रदेश र बिहारमा झन् ठूलो तनाव हुन्छ ।
म दुई वर्ष भारतमा कूटनीतिक सेवामा रहँदा त्यहाँका राजनेताहरूले निकै धेरै पहलको अपेक्षा गर्नु हुन्थ्यो । खासगरी जल प्रबन्धनको बारे । उहाँहरूको भनाइ हुन्थ्यो, ‘लौन जलस्रोतको प्रबन्धन गर्नु प¥यो । तपाईंहरू पनि बर्बाद, हामी पनि । दुवै देश मिलेर केही गरौँ ।’ तर नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुँदाहुँदै पनि भारतले अत्यन्त हेपाहा, अर्घेल्याइँ गरेर हाम्रो सहमतिबेगर पानीको प्राकृतिक बहावलाई अन्तर्राष्ट्रिय कानुनविपरीत, सहमतिबेगर गर्न नहुने कुरा ग¥यो भनेर हामी गुनासो गर्छौं । यस्तो कुरा उनीहरू पनि यो स्वीकार्छन् । भन्थे, ‘ठूलो बाढी आयो भने तपाईंहरूलाई पनि क्षति । हामी झन् बर्बाद ।’ अन्तर्राष्ट्रिय कानुन, नियम प्रमाणित प्रविधि प्रयोग गरेर पानीको प्रबन्धन गर्नुपर्नेमा उनीहरूको जोड हुन्थ्यो ।

प्रकाशित मिति: : 2020-07-27 08:31:23

प्रतिकृया दिनुहोस्