दुई पटककाे ओस्कर बिजेता हेविल्याण्डको निधन

 दुई पटककाे ओस्कर पुरस्कार बिजेता हलिउड अभिनेत्री ओलिविया डी हेविल्याण्डको निधन भएको छ।

न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा १०४ वर्षको उमेरमा निधन भएको जानकारी दिइन्। उनी ओस्कर पुरस्कार बिजेता जोन फोंटेनकी बहिनी थिइन्।

आफ्नो ६ दशकको करियरमा हेविल्याण्डले विभिन्न भूमिका निभाइन्। 
 
हेविल्याण्ड ‘गन विद विन्ड’ मा देखिएकी थिइन्। यो फिल्म सन् १९३९ मा रिलिज भएको थियो  । उनी यो फिल्मको अन्तिम जीवित कलाकार थिइन्।

हेविल्याण्डको जन्म सन् १९१६ जुलाईमा टोकियोस्थित ब्रिटिश पेटेन्ट अटोर्नीमा भएको थियो। उनी तीन वर्षकी हुँदा उनका आमा–बुवा अलग्गिएका थिए।

उनकी आमाले उनी र उनकी बहिनी जोनलाई क्यालिफोर्निया ल्याइन्। हेविल्याण्डले दुई विवाह गरेकी थिइन् तर दुबै पटक उनको सम्बन्धविच्छेद भएको थियो।

प्रकाशित मिति: : 2020-07-27 11:33:36

प्रतिकृया दिनुहोस्