सन्दीप सीपीएल खेल्न चार्टर विमानबाट वेस्ट इन्डिज जाने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेट प्रतियाेगिता खेल्न वेस्ट इन्डिज जाने निश्चित भएको छ। 

अन्तर्राष्ट्रिय हवाई उदान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो। तर नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यहाँ जाने निश्चित भएको  सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीले ट्विटबाट त्यसको पुष्टि गरेका छन्।

उनले सन्दीप जुलाई ३० मा त्यसतर्फ जाने बताएका छन् र यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गर्नेछन्। शिवाकोटीका अनुसार अगस्ट १ सम्ममा उनी क्यारेबियन पुगिसक्ने छन्।

सीपीएल टी२० क्रिकेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएको छ।

आयाेजकले साेमबार खेल तालिका सार्वजनिक गरेकाे हाे। आठाैं संस्करणकाे सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टाेबागाेमा हुँदैछ।

६ टिमले प्रतिस्पर्धा गर्ने लिगकाे फाइनल सेप्टम्बर १० मा हुनेछ।

यस सिजनको उद्घाटन खेलमा दुई पूर्व विजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स भिड्नेछन्। यस्तै साेही दिन साविक विजेता बार्बेडाेस ट्राइडेन्ट्सले र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्ससँग खेल्नेछ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यससिजन जमैका तल्लावाजबाट खेल्ने छन्। जमैकाले सन्दीपलाई जमैकाले ९० हजार डलर ( नेपाली १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।

प्रकाशित मिति: : 2020-07-29 11:33:30

प्रतिकृया दिनुहोस्