बरु राखेप नै खारेज गरिदिएको भए हुने : किशोरबहादुर सिंह [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौं

 एक समयका खेलाडी किशोरबहादुर सिंह खेलाडी भन्दा बढी खेल पदाधिकारीका रुपमा चिनिए। राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्वसदस्यसचिव भएर काम गर्दा उनकै पालामा सुरु भएको ओलम्पिक कमिटी विवादले त अझ उनको खेलाडी परिचय छोपिदियो। 

ब्याडमिन्टनका खेलाडी सिंह ब्याडमिन्टन संघकै सदस्य, सचिव हुँदै अध्यक्षसम्म भए। २०५९ सालदेखि ०६३ सालसम्म राखेप सदस्यसचिव भएर काम गरेका उनी अहिले राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका कार्यवहाक अध्यक्ष छन्। साथै सिंह जिम्न्यास्टिक संघमा सहअध्यक्षका रुपमा पनि छन्।

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागु भएपछि अहिले खेलकुदमा केही फरक देखिएला भन्ने आशमा खेल क्षेत्र देखिन्छ। नयाँ ऐन लागु भएपछि खेलकुद विकास ऐन, २०४८ मा भएका भन्दा भिन्न व्यवस्थाहरु पनि देखिएका छन्। जसमा अहिले चर्चामा छ राखेप सदस्यसचिवको नियुक्ति। 

पहिलोपटक खुला आह्वान गरेर सिफारिस समितिमार्फत तीन नाम खेलकुद मन्त्रालय हुँदै मन्त्रीपरिषद्बाट एक सदस्यसचिव नियुक्त भए। जसलाई पहिलेको जस्तो सिधा राजनीतिक हस्तक्षेप नहुने रुपमा ब्याख्या गरियो। तर आलोचकहरु प्रक्रिया घुमाइए पनि नियुक्तिको काम उही शैलीमा भएको टिप्पणी गर्छन्। 

प्रकाशित मिति: : 2020-07-29 11:47:47

प्रतिकृया दिनुहोस्