ठूलाे मौका गुमाएका ठूला राजनीतिज्ञ थप सामग्री

शिलापत्र

काठमाडौं

श्याम श्रेष्ठ

इतिहासमा मौका सबैले पाउँदैनन् । यो सधैँभरि सबैलाई मिलिरहने कुरा पनि होइन । ठूला मान्छे भनेका ती मान्छे हुन् जसले मौका पाउँदा मानिसहरूको मनमस्तिष्कमा कहिल्यै नमेटिने इतिहासको रचना गर्छन् । 

बीपी कोइरालालाई प्रधानमन्त्रीको रूपमा करिब डेढ वर्ष मात्र काम गर्ने अवसर प्राप्त भएको थियो । तर, यति छोटो अवधिमै उनले बिर्ता उन्मूलन सम्भव बनाए । राजा रजौटा उन्मूलन पनि गरेर देखाए । भूमिसुधार र पूर्वपश्चिम राजमार्ग उनकै परिकल्पना थियो । 

मनमोहन अधिकारीलाई केवल ९ महिना प्रधानमन्त्रीका रूपमा काम गर्ने ऐतिहासिक मौका मिलेको थियो । उनले यस बीचमै ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रममार्फत केन्द्रबाट सिधै स्थानीय तहमा स्रोत साधन जाने प्रणालीको स्थापना गरे । इतिहासमा पहिलो पटक वृद्धहरूलाई भत्ताको थालनी गरेर लोककल्याणकारी राज्यको जग हाले । 

प्रकाशित मिति: : 2020-07-31 17:05:06

प्रतिकृया दिनुहोस्