दीपेन्द्रले ‘लकडाउन’ र ‘चिसो मान्छे’ बनाउने

निर्देशक दीपेन्द्र के खनालले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन् ।

सरकारले लकडाउन खुला गरेसँगै फिल्मकर्मी नयाँ फिल्मको घोषणा गर्न लागिसकेका छन् । यसैबीच दीपेन्द्रले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मको तयारीमा रहेको बताएका हुन् ।

सामाजिक कथावस्तुमा बन्ने फिल्मको नाम ‘लकडाउन’ र ‘चिसो मान्छे’ राखिएको छ । दुवै फिल्मको लेखन तथा निर्देशन दीपेन्द्रले गर्नेछन् ।

दुवै फिल्म बिहीवार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

यसअघि दीपेन्द्रले फिल्म ‘आमा’ निर्देशन गरेर वाहवाही पाएका थिए । ‘लकडाउन’ र ‘चिसो मान्छे’ शर्मिला पाण्डेको लगानी रहने छ ।कलाकारको भने अझै चयन भएको छैन ।

प्रकाशित मिति: : 2020-08-01 23:58:38

प्रतिकृया दिनुहोस्