रासायनिक मलमा जहिले झेल

काठमाडौं । सहज रूपमा मल आपूर्ति गर्न सरकारले रासायनिक मल अनुदानमा बर्सेनि बजेट बढाउँदै गए पनि किसानले अत्यावश्यक समयमा मल पाउन सकेका छैनन् । बर्खे धानबालीको यो समयमा किसानले रासायनिक मलको चरम अभाव झेल्दै आएका छन् । यसले सरकारप्रति किसानको विश्वास घटाएको छ । मलको अभावमा उब्जनीमा प्रभाव पर्ने चिन्ता किसानलाई अहिलेदेखि नै पर्न थालेको छ ।

विगत ६ वर्षको तथ्यांकलाई हेर्ने हो भने सरकारले दुई गुणाले वजेट वृृद्धि गरेको छ । तर, किसानले सहज रूपमा रासायनिक मल पाएका छैनन् ।

आर्थिक वर्ष २०७०-७१ मा रासायनिक मल अनुदानका लागि ५ अर्ब ३० करोड ८ लाख ७७ हजार २ सय ६४ रुपैयाँको बजेट विनियोजन गरिएकामा गत आर्थिक वर्ष २०७६-७७ मा बढाएर १० अर्ब ५२ करोड ९५ लाख १० हजार रुपैयाँ पुर्याइएको थियो । तर, ६ वर्षअघि जुन समस्या थियो, अहिले पनि त्यही समस्या छ ।

प्रकाशित मिति: : 2020-08-03 10:09:41

प्रतिकृया दिनुहोस्