नेपालमा थप ४१८ जनामा संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ५१

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यो सँगै संक्रमितकाे संख्या २० हजार ७५० पुगेकाे छ।

यसमध्ये ३५८ जना निको भएर घर फर्किएका छन्।  यो सँगै कुल डिस्चार्ज हुनेको संख्या १४९६१ जना छन्।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए । यो कूल संख्याको २७.६ प्रतिशत हो ।

हालसम्म तीन लाख ९८ हजार ९०७ काे पीसीआर परीक्षण भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 

जसमध्ये ५७ जनाको ज्यान गएको छ।

काठमाडौं उपत्यकामा थपिए ५१ संक्रमित

 पछिल्लो २४ घण्टामा उपत्यकामा ५१ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या ६८५ पुगको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जनामा संक्रमण देखिएको हो।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, सैनिक अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।

यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४९३ जना, ललितपुरमा १०८ जना र भक्तपुरमा ६४  जना कोरोना संक्रमित पुगेका छन्।

प्रकाशित मिति: : 2020-08-03 16:33:38

प्रतिकृया दिनुहोस्