खेलमा बिध्रुप रूप : पदको झगडामा बक्सिङ संघ

काठमाडौं- नेपाली खेलकुदमा संघहरुको विवाद नयाँ होइन। साधरणसभा नजिकिँदा विवाद बढ्ने र मिलिजुलि राजनीति गर्ने बेला विवाद मिल्ने भइरहन्छ नै। त्यस्तै अवस्थाबाट बढिरहेका हुन्-क्रिकेट, फुटबल, तेक्वान्दो, कराते, जिम्न्यास्टिक, कबड्डीलगायतका धेरै संघहरु।

विवाद देखिएकै कुरा गर्दा त लगभग सबै संघ त्यो शृङ्खलामा अटाउँछन् नै। पछिल्लो समय भने नेपाल बक्सिङ संघ त्यस्तै विवादमा रुमल्लिएको छ। एक समय नेपाललाई राम्ररी पदकमा बढाउन सक्ने बक्सिङको अहिलेको कमजोर अवस्था यस्तै विवादको मिलिजुली राजनीतिका कारण नै हो। 

क्सिङ संघभित्रको विवाद के हो त? सजिलै बुझिने गरी भन्दा -‘पदमा आफैं हुनुपर्‍यो र भाग मैले नै पाउनुपर्‍यो भन्ने राजनीति।’  

खेलाडीको अवस्था र उनीहरुको भविष्यमा तात्विक फरक पर्ने गरी केही काम गर्न नसक्ने संघहरु ठाउँ ओगटेर किन विवादमा रुमल्लिरहन्छन् त? उत्तर छ-घुमाउरो पाराले गर्न सकिने कमाइ र संघमार्फत् बढाउन सकिने आफ्नो राजनीति। 

बक्सिङ संघको चार वर्षे कार्यकाल गएको जेठ २२ गते सकिइसकेको छ। कोरोना माहामारीका कारण अहिले साधरणसभा हुन सकेको छैन। साधरणसभामा आफ्नो पकड बनाउनकै लागि चार वर्ष अघिदेखिकै विवाद अहिले सतहमा आएको छ। 

प्रकाशित मिति: : 2020-08-04 22:43:13

प्रतिकृया दिनुहोस्