सहर उन्मुख काँठ : कहर उन्मुख विकास

नेपाल लाइभ

काठमाडौं

दिनानाथ श्रेष्ठ

‘यो ठाउँ त अस्तिसम्म गाउँ थियो। अहिले सबै घरैघर भैसके। कत्रो विकास भैसक्यो। हामी चाहिँ जस्ताको त्यस्तै छौं। वडाध्यक्ष, मेयरलाई भनेर यी रुख, झाडी सब फाँड्नु पर्‍यो। हामी त जंगली जस्ता भयौं,’उपत्यका जोडिएको ग्रामीण क्षेत्रका छिमेकीको यो वाक्यमा धेरै कुरा लुकेको छ। 

यी वाक्यले काँठका अधिकांश मानिसहरूको विकासप्रतिको धारणा, विचार र बुझाइको प्रतिनिधित्व गर्छ। काँठबासीहरूको सहरबासी हुने लालसायुक्त मनोविज्ञानको प्रतिनिधित्व गर्दछ। फलस्वरुप बुझेर वा नबुभेर विकासको नाममा काँठवासी जनसमुदाय र जनप्रतिनिधिहरु विनाश निम्त्याउन उद्धत देखिन्छन्। 

काँठ क्षेत्रका मानिसहरूमा छिटोभन्दा छिटो सहरको बासिन्दा हुने हुटहुटी चलेको छ। कुनै ठाउँ विकास हुन त्यो ठाउँ सहर बन्नु पर्छ, कुनै गाउँ सहर हुनका लागि फराकिला बाटा, कंक्रिटका अग्ला भवनको जंगल, अग्ला पर्खालले घेरिएको कम्पाउन्ड, कम्पाउन्डभित्र पनि माटो सबै कंक्रिटले छोपिएको हुनुपर्छ। जग्गै बेचेर भए पनि कम्पाउन्डभित्र कार पार्किङ गरिनुपर्छ जस्ता विचारमा काँठबासीहरूले विकासलाई बुझेको पाइन्छ। 

काँठ क्षेत्रमा सार्वजनिक चौताराहरू दुर्लभ भएका छन्। ती चौताराहरूमा बाटो फराकिलो बनाउनको लागि डोजर लगाइएको छ। डोजरे विकासको बढ्दो विकृतिले काँठ क्षेत्रका जँगल, चौतारा, पानीका स्रोतहरुमाथि निर्मम प्रहार भएको छ। काँठबासी ताली बजाउनमै मस्त छन्, विकासको स्वागतको लागि। 

प्रकाशित मिति: : 2020-08-07 16:24:32

प्रतिकृया दिनुहोस्