रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार  गएराति अनियन्त्रित भई रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकबाट १० मिटर तल खसेको थियो। 

दुर्घटनामा चालक ओमसतिया गाउँपालिका ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका ३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका १२ पचगवाका १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको छ।

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन्।

दुर्घटनामा कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-08 11:02:50

प्रतिकृया दिनुहोस्