प्र० केमाथि उभियो होला द्यावा पृथ्वी बनाउन॥
कर्मी त्यो को थियो,के थ्यो सृष्टि साधन कारण॥१॥

उ० रच्यो यो जसले भूमि आफ्ना अनन्त शक्तिले॥
विश्वकर्मा त्यही नै हो यही भन्दछ सूक्तिले॥२॥

यस्तै प्रकारले उल्ले अन्य लोक बनाउँछ॥
ऊ नै जगत् अधिष्ठान साधनादि कहाउँछ॥३॥

अनि त्यै परमात्माले स्वनिर्मित जगत्-कन॥
ढाकी आफ्ना महिमाले रहेको छ सनातन॥४॥

यस्ता कार्यहरू जल्ले सजिलैसित गर्दछ॥
अधिष्ठानादि त्यो आफ्नो आफैँ छ बुझ्नुपर्दछ॥५॥

प्र० उसोभए उ कस्तो छ रङ्ग रूप बताउनू॥
उ० भोक प्यासादिको रूप तिम्ले पनि बताउनू॥६॥

उ० सर्वत्र देखने सुन्ने रहने त्यही हो सुन॥
निर्विकार निराकार निर्वचनीय निर्गुण॥७॥

मेरो अनुदित श्रुतिसारबाट-

प्रकाशित मिति: : 2020-08-08 17:02:00

प्रतिकृया दिनुहोस्