मायाका विभिन्न रूप

प्रितम पाण्डे

(म्यान्मार)

कतै माया रूवाउँछ 
माया हँसाउँछ कतै
कतै माया उठाउँछ
माया खसाउँछ कतै
कतै  माया गुडाउँछ
माया उडाउँछ कतै
कतै माया बगाउँछ
माया जगाउँछ कतै
कतै माया फसाउँछ
माया धसाउँछ कतै
कतै मराउँछ माया
माया चराउँछ कतै

अनेक रूप मायाका 
चिन्नै गाह्रो भयो यहाँ
अनेक छल मायाका
बुझ्नै साह्रो भयो यहाँ
पैसामा नाचने मायाँ
देखें धेरै जसो यहाँ
अात्मामा रमने मायाँ
देखें कता कतै यहाँ
असल मायाले रोज्छ 
सधैं साथ निभाउने
नकली मायाले रोज्छ
प्यास मात्र बुझाउने
हेरेर लाऊ है माया
शित्तल शान्ति ल्याउने
बुझेर लाऊ है माया
फूल झैं मुस्कुराउने ।

प्रकाशित मिति: : 2020-08-08 22:12:00

प्रतिकृया दिनुहोस्