सरकारी चिकित्सक सङ्घमा डा खड्का निर्वाचित

सरकारी चिकित्सक सङ्घ नेपालका  अध्यक्षमा डा रवीन खड्का निर्वाचित भएका छन्। शनिबार सम्पन्न अनलाइनबाट भएको मतदानमा डा समाज गौतमलाई पराजित गर्दै उनी निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए।

उनका अनुसार डा खड्काले ४८० तथा उनका प्रतिद्वन्द्वी डा गौतमले २३७ मत प्राप्त गरेका थिए। पन्ध्र सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा विजय थापा, उपाध्यक्षमा डा सुशीलमोहन भट्टराई, महासचिवमा डा कीर्तिपाल सुवेदी, सचिवमा डा रोशनभगत चौरसिया र कोषाध्यक्षमा डा सुधा शाही निर्वाचित भए।

सदस्यमा डा अर्चना केसी, डा कपिल गौतम, डा कुशल खनाल, डा गौरव साह, डा प्रकाश भट्टराई, डा विजयकुमार मेहता, डा विजय गुरुङ, डा हेमा जोशी र डा सुसन भट्टराई निर्वाचित भए।  शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा कूल ७६८ मध्ये ७२३ सहभागी भएको निर्वाचन समितिका संयोजक डा मरासिनीले जानकारी दिए।

निर्वाचित भएपछि डाक्टर खड्काले यो जीत समग्र गोदानको जीत भएको बताएका छन्। ‘हामी सबै मिलेर अझ धेरै गर्नु छ। हाम्रो नयाँ टिमलाई विश्वास गर्नु हुने सबै अग्रज्, सहपाठी र अनुजहरुको हामीप्रतीको विश्वास डग्मगाउन नदिने र गोदानलाई नयाँ उचाइमा पुर्‍याउन सक्दो कोशिस गर्ने वाचा गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौ’, उनले भने।

प्रकाशित मिति: : 2020-08-08 23:54:36

प्रतिकृया दिनुहोस्