एकै खालको दुर्घटनामा प्रहरीको दोहोरो भूमिका : भिआइपीलाई संरक्षण, सर्वसाधारणलाई कारबाही

धनगढी-कैलालीमा भएका दुई वटा भिआइपी सवारी दुर्घटनामा प्रहरीको भूमिका दोहोरो देखिएको छ। एउटा सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिकाकुमारी थापा घाइते भइन् भने अर्को दुर्घटनामा सभामुख अर्जुनबहादुर थापाका छोराले चलाएको गाडीका कारण एक स्थानीय गम्भीर घाइते भए।

तर, प्रदेश सभा सदस्य थापा सवार मोटरसाइकललाई ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ ग¥यो भने सभामुख थापाका छोरा देवेन्द्रलाई संरक्षणमात्र गरेन घटनालाई लुकाउने प्रयाससमेत गर्‍यो। झण्डै एक सातापछिमात्र देवेन्द्र सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको घटना बाहिरियो । साउन १७ गते (शनिबार) बा १ झ ९२५० नम्बरको सरकारी गाडीले एउटा मोटरसाइकललाई ठक्कर दियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि चालक बर्दगोरिया गाउँपालिका ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी घाइते भए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरियो । उनको अहिले पनि नेपालगञ्जमै उपचार भइरहेको छ। दुर्घटनालगत्तै गाडी घटनास्थलमै छोडेर सवार व्यक्तिहरु भागेका थिए।  मोटरसाइकललाई ठक्कर दिने सो गाडी जिल्ला प्रशासन कार्यालय बझाङको थियो।

प्रकाशित मिति: : 2020-08-09 09:18:02

प्रतिकृया दिनुहोस्