सुशान्त प्रकरणमा भाजपा प्रवक्ता भन्छन्– मन्त्री आदित्य र राउतलाई पनि सोधपुछ गर्नुपर्छ

सुशान्त सिंह राजपुतको मामला दिनानुदिन तन्किदै गएको छ। बिहार र मुम्बई प्रहरीबीच अनुसन्धानमा जुहारी चलेसँगै यो मुद्दा सीबीआईमा पुगेको छ।

सुशान्तको आत्महत्या नभई हत्या भएका दाबीहरु पछिल्लो समय बाहिर आइरहेका छन्। सुशान्तका पूर्वसहयोगी अंकित आचार्यले समेत हत्या भएको आशंका व्यक्त गरेका छन्। 

भारतीय जनता पार्टी (भाजपा) बिहारका प्रवक्ता निखिल आनन्दले पनि महाराष्ट्र सरकारलाई निशाना बनाएका छन्।

भाजपाले सीबीआईमार्फत मन्त्री आदित्य ठाकरे र शिव सेना सांसद सन्जय राउतलाई पनि यसबारे सोधपुछ गर्नुपर्ने तर्क गरेका छन्। प्रवक्ता आनन्दले सुशान्त अनुसन्धानमा भएका प्रमाणहरु छेड़छाड गरेको आरोप लगाएका छन्।

उनले ‘सामना पत्रिका’को लेखमार्फत सुशान्तका प्रशंसक, परिवार, बिहार सरकार र प्रहरीको अपमान भएको बताएका छन्।
 

प्रकाशित मिति: : 2020-08-10 16:20:41

प्रतिकृया दिनुहोस्