सञ्जय दत्तको फोक्सामा ‘क्यान्सर’

चर्चित बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर भएको छ। क्यान्सरको उनी तेस्रो स्टेजमा रहेको मेडिकल रिपोर्टमा बताइएको छ। क्यान्सरको तेस्रो स्टेजलाई गम्भीर मानिन्छ। 

दत्तलाई स्वास लिन समस्या भएपछि मंगलबार मुम्बईको लिलावती अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उनको कोभिड–१९ परीक्षण भएपनि रिपोर्ट नेगेटिभ आएको थियो। 

सञ्जयले भर्खरै छोटो समयका लागि फिल्मको कामबाट विश्राम लिने बताएका थिए। चिकित्सकहरूले सञ्जय क्यान्सरको एडभान्स स्टेजमा पुगिसकेको बताएका छन्। उनलाई उपचारका लागि अमेरिका लैजाने हल्ला पनि चलेको छ।
 

प्रकाशित मिति: : 2020-08-12 11:56:30

प्रतिकृया दिनुहोस्