विज्ञ भन्छन्– ‘भेन्टिलेटरको अभावमा ज्यान जाने दिन आउँछ’, तर सरकार रमिते !

गगन अर्याल

काठमाडाैं

काठमाडौं उपत्यकासहित देशभर कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण यही अवस्थामा बढ्दै गएको खण्डमा भेन्टिलेटर नपाएर बिरामीको ज्यान जानसक्ने विज्ञहरूले बताएका छन् । 

दिनदिनै कोभिड संक्रमण बढ्दै जाने तर उपचारका लागि आवश्यक पर्ने उपकरणहरू भेन्टिलेटर, आईसीयू र आइसोलेसन बेड अहिलेकै अवस्थामा रहने हो भने बचाउन सकिने खालका बिरामीको पनि ज्यान जाने चिन्ता विज्ञहरूले गरेका हुन्  ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतम भने कोरोनाका बिरामीका लागि अहिले नै थप भेन्टिलेटर आवश्यक परिनसकेको बताउँछन् ।

लोकान्तरसँगको संक्षिप्त कुराकानीमा प्रवक्ता गौतमले भेन्टिलेटर कोरोनाको उपचार नभएको भन्दै कोरोनाका बिरामी ६० जना आईसीयूमा हुँदा सरदर ३ जनालाई मात्रै भेन्टिलेटर आवश्यक पर्ने बताए ।

प्रकाशित मिति: : 2020-08-12 16:26:14

प्रतिकृया दिनुहोस्