भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता त्यागीको मृत्यु

हुदयघातका कारण भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु भएको छ ।

राजीवको हृदयघातको कारण मृत्यु भएको भारतीय राष्ट्रिय कांग्रेसले ट्वीटरमार्फत जानकारी दिएको हो । ‘हामी राजीव त्यागीको आकस्मिक निधनबाट निकै दुःखी भएको छौं । हामीले आज एक निष्ठावान र सच्चा देशभक्तलाई गुमाएका छौ । यस दुःखको घडीमा पीडित परिवारसँगै साथमै रहेको जानकारी गराउँदै समवेदना प्रकट गर्दछौं ।’ ट्वीटरमा लेखिएको छ ।

भारतीय कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छिन् ।

राजीव त्यागीलाई राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा समावेश गरेका थिए ।

गाजियावादमा निधन हुनु २ घण्टाअघि राजीव एक टेलिभिजनको लाइभ अन्तरवार्ता कार्यक्रममा सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रकाशित मिति: : 2020-08-12 23:58:31

प्रतिकृया दिनुहोस्