कुखुरा फार्मका उदाहरणीय ‘बाहुन’

बागलुङ नगरपालिका- ३ रातामाटाका बैकुण्ठ सापकोटाले ३ वर्षदेखि कहिले कृषि फार्ममा त कहिले बारीका काम गरेर दिनचर्या बिताउने गरेका छन् । बैकुण्ठ मात्र होइन, उनकी श्रीमती र छोराछोरी पनि उनीसँगै फार्म र खेतीमा बिहान-बेलुका काम गरेर बिताउने गरेका छन् । सापकाेटा परिवारले नै बागलुङको रातामाटामा ‘सापकोटा कृषि फार्म’ सञ्चालन गर्दै आएकाे छ ।

सापकोटा फार्ममा बाख्रा, कुखुरा, बट्टाई चरा, मासुका परिकार र मौसमअनुसार उत्पादन भएका तरकारी पाइन्छ । २०४९ सालदेखि कृषि पेसामा लागे पनि ३ वर्षदेखि व्यावसायिक रूपमा फार्म चलाएर बसेको कृषक सापकोटाले जानकारी दिए ।

दशकदेखि सापकोटा परिवारले निर्वाहमुखी कृषि गर्दै आएकामा त्यसलाई व्यावसायिक रूपमै फार्म दर्ता गरेर सञ्चालन गर्न थालेको सापकोटाले बताए । ‘बागलुङमा बाहुनको छोराले कुखुरा पाल्यो भनेर धेरै छरछिमेकीले कृषि फार्म सुरु गर्दा कुरा काटेका थिए ।

'फार्ममा बाख्रा, कुखुरापालनका साथै मौसमी तरकारी पनि लगाएको छु । मैले कृषि फार्ममा १० लाख लगानी गरेको छु । वार्षिक लगानी बढाइरहेको छु’, उनले भने, ‘जिल्लामै पहिलो पटक ह्याचरी गर्न पनि थालेको छु । ह्याचरीमा एक पटकमा एक हजार अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । निश्चित शुल्क लिएर बाहिरका कुखुरापालक किसानलाई पनि ह्याचरीमा चल्ला उत्पादन गर्न दिने योजना छ ।’

प्रकाशित मिति: : 2020-08-13 19:24:06

प्रतिकृया दिनुहोस्