१३ वाणिज्य बैंककाे वित्तीय विवरण : कुन बैंककाे नाफा कति ?

बैंक तथा वित्तीय संस्थाहरूले धमाधम चौथो त्रैमासिक विवरण सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म १३ वाणिज्य बैंकले गत आर्थिक वर्षकाे चौथो त्रैमासिक विवरण सार्वजनिक गरिसकेका छन् ।

काेराेना महामारी र त्यसपछि उत्पन्न परिस्थितले बैंकहरूलाई असर पुर्‍याएकाे उनीहरू वित्तीय विवरणले देखाउँछन् । 

सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ७५ करोड रूपैयाँ घटेकाे छ । योसँगै अन्य ८ बैंकको नाफामा कमी देखिएकाे छ भने ४ बैंक भने नाफा बढाउन सफल भएका छन् । 

अघिल्लो वर्षको तुलनामा ५९ करोड रूपैयाँ नाफा घटे पनि राष्ट्रिय वाणिज्य बैंककाे नाफा अन्य बैंकहरूकाे भन्दा बढी नै छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड रूपैयाँ नाफा गरेकाे थियाे । 

प्रकाशित मिति: : 2020-08-14 18:06:11

प्रतिकृया दिनुहोस्