सिन्धुपाल्चोक लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

सिन्धुपाल्चोकको जुगल-२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाका अनुसार पहिरोबाट ११ जनाको शव निकालएको हो। 

शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा ३८ जना पुरिएका थिए । ३८ जनामध्ये ११ जनाको शव फेला परेको वडा अध्यक्ष लामाको भनाइ छ ।

पहिरोमा परी बेपत्ता भएका अन्य २७ जनाको उद्धार कार्य जारी रहेको उनको भनाइ छ । अहिले ११ जनाको शव निकालिएको र बाँकी हराइरहेकाहरूको खोजी गर्ने कार्य भइरहेको बताए।

त्यस्तै, पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ  उद्धार गरिएका मध्ये ४ जनाको चौतारामा र गम्भीर घाइते १ जनाको काठमाडौंमा उपचार भइरहेको उनले बताए।

शुक्रबार बिहान आएको पहिरोले ३७ घरमा क्षति पुर्‍याएको थियो। अहिले उद्धारका साथसाथै घरबारविहीन भएका स्थानीयका लागि वैकल्पिक वासको व्यवस्थापन भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-08-14 18:08:56

प्रतिकृया दिनुहोस्