जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना- उपत्यकामा जात्रा, भेला नगर्नू

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा जात्रा र भेला गर्न गराउन रोक लगाइएको छ । स्वास्थ्य मापदण्ड पालना गर्नका लागि कडाइ गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गतेसम्मका लागि जात्रा, भेला नगर्न निर्देशन दिएको हो ।

खुला ठाउँमा भेला हुन, जम्मा हुन, भिडभाड गर्न र सभा, जुलुस गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । यस्तै दैनिक हुने नित्य पूजाबाहेकका सबै धार्मिक गतिविधिहरु, उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्यका लागि भिडभाड नगर्न तथा शैक्षिक संस्था नखाेल्न भनिएको छ ।

साथै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैुलुन, ब्युटी पार्लर, जिमखाना, खेलकुदलगायतमा पनि रोक लगाइएको छ । निषेध गरिएका गतिविधि गरेको पाइए कारबाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

प्रकाशित मिति: : 2020-08-14 20:49:31

प्रतिकृया दिनुहोस्