‘मान्छे र भगवान्: आँखा र मन’

घनश्याम कोइराला

कालापाहाड,मणिपुर

सपना जिम्मा गरेरै गए
जानेहरूले;बांच्नेहरूले भन्दै थिए,बिचरो! मरेर गै गयो 
यी सारा सपना बिपनाहरू
तिम्रा हाम्रा जो जतिछन,भगवान् बण्डामा परेकै हुन त?

डाकेर लिएर आउन भगवानलाई
सोध्ने धेरै कुरा मान्छेसँगै छन्
घाम;न अस्त भो ,न कहिले झुल्कियएको पनि छ
घाम डुबेछ भन्दै,नया गीत गाउंदै छन्
मान्छे कै मनहरू
यो मेरो मनपनि मेरो पेवा भनौं कसरी र!
लगाम तिम्रै हातमा छ (?) हे भगवान्!

मैले नभनेर पो त ; मान्छे नै देवता हो म भन्न सक्छु
यी उकालीलाई ; ओह्राली हो, म भन्न सक्छु
तिम्रो मनको हातले मेरा मनको सिउंदोमा 
जतिजति सिंदुर रंग्याए पनि 
रंग पोत्न-थप्न निक्कै सिपालु यो मेरै मन छंदैछ
नबोले त ढुङ्गो 'नि ईश्वर हो;दुईहात जोडेका दिनमा।

मान्छे ;ईश्वरसँग लडेको धेरै भयो
मान्छे;धर्मसंग भिडेको झन् धेरै भयो
मान्छे बाटोसंगै झर्किएको पनिअझ धेरै भयो
अहो!अझ्झैसम्म 'पनि मालिकै छन् , भगवान् !
असीम अतुल सर्वश्रेष्ठ मुखिया!
मान्छे र ईश्वर;आंखा र मन।

प्रकाशित मिति: : 2020-08-15 19:17:13

प्रतिकृया दिनुहोस्