कार्यदल बन्दा पनि किन सशंकित छन् नेपाल ?

नेपाल लाइभ

काठमाडौँ

वीरेन्द्र ओली

‘कार्यदल बनेको छ, हिजाे कार्यदलका सदस्यले सामान्य छलफल गरे। तर विवाद समाधानको रोडम्याप कसरी अगाडि बढ्छ भन्ने कुरा हाम्रा लागि तिखर चासो हो,’ नेकपाभित्र नेता माधव नेपालपक्षीय एक नेताले भने, ‘नढाँटी भन्ने हो भने, यो प्रक्रियाले दलभित्रका सबै समस्या समाधान गर्ला भन्ने हामी शंकामै छौं।’ 

उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या समाधानका नाउँमा नेतृत्वका कमजोरी र गल्तीहरूलाई भुलेर नयाँ र बलियो गुट बनाउने अभ्यासमा लागे त्यो प्रत्युत्पादक हुनेसमेत चेतावनी दिए। भने, ‘यस्तो परिदृश्य देखियो भने त्यो हामीलाई मान्य हुने छैन। हाम्रो ध्येय स्पष्ट छ।’

प्रकाशित मिति: : 2020-08-16 07:48:07

प्रतिकृया दिनुहोस्