युएई र इजरायलबीच ऐतिहासिक व्यापारीक सम्झौंता

इजरायलसँग दौत्य सम्बन्ध गाँस्ने पहिलो अरब देश बनेको युनाइटेड अरब इमिरेट्स(युएई) ले कोरोनासँग लड्न व्यापारीक सम्झौंता गरेको छ। युएईको माथिल्लो निकायको राष्ट्रिय लगानी बोर्डले इजरायलको टेरा समूहसँग सम्झौंतामा हस्ताक्षर गरेको हो। 

दुई देशबीच अमेरिकाको रोहवरमा गत बिहीबार कुटनीतिक सम्बन्ध स्थापना भएको हो। अब दुई देश मिलेर कोरोनाविरूद्ध आवश्यक सामान निर्माण गर्ने तथा भ्याक्सिनका लागि पनि सहकार्य गर्ने बताइएको छ। 

इजरायलसँग दौत्य सम्बन्ध गाँसेको युएईसँग अन्य अरब देशहरू त्यति खुसी छैनन्। इरानले त युएईलाई नराम्रो नतिजा भोग्नुपर्ने धम्की समेत दिइसकेको छ। यस्तै टर्कीले पनि असन्तुष्टी जाहेर गरिसकेको छ। 

दक्षिणी चीन सागरमा चीनको बढ्दो प्रभाव तथा मध्यपूर्वमा इरानसँगको सम्बन्धलाई रोक्न अमेरिकाको प्रयासमा युएई र इजरायलबीच कुटनीतिक सम्झौंता भएको थियो। 

अरबका सबै मुस्लिम देशहरू इजरायलविरूद्ध आक्रामक भइरहेको बेला युएईले कुटनीतिक सम्बन्ध स्थापना गरेको घटनाले अरब देशहरूमा हलचल मच्चिएको छ। दुई देशबीच टेलिफोन सम्पर्क पनि जोडिएको छ।

प्रकाशित मिति: : 2020-08-17 08:00:56

प्रतिकृया दिनुहोस्